तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
![तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन](https://snowberry.prixacdn.net/media/gallery_folder/tatopani_V0peRhhnRD_e7l1kuzdm5snn05iklywtzxessxrxszpk4hnso0rh2q1omdm9jqwwl3se6nv_AcgdBZeoFA_kzkbdnbnlsrz35qaynagxwhy85yvgoxbmhslcgrxxizwuwyd3ebbb7zqlygx.jpg)
सिन्धुपाल्चोक - चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।
नाका सञ्चालन भएपछि व्यापार बढेको उहाँले बताउनुभयो । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उहाँको भनाइ छ । उहाँले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया