घरायसी विवादमा हात हालाहाल हुँदा एककाे ज्यान गयो

घरायसी विवादमा हात हालाहाल हुँदा एककाे ज्यान गयो
सुन्नुहोस्

दैलेख – घरायसी विवादमा भएको हात हालाहालमा दैलेखमा एक जनाको ज्यान गएको छ । गए राति भएको विवादमा भएको हात हालाहाल घटनामा गुराँस गाउँपालिका–४ गुराँसे बजारका ५५ वर्षीय अम्मरसिंह बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।

गए राति साढे ८ बजेपछि भएको हात हालाहालबाट घाइते भएका अम्मरसिंहलाई राति नै कर्णाली प्रदेश अस्पताल उपचारको क्रममा ज्यान गएको हो । घटनाका आरोपित गुराँस गाउँपालिका–४ गुराँसे बजारका २२ वर्षीय उमेश बुढालाई प्रहरीले पक्राउ गरेको छ । आरोपित उमेशकी श्रीमति २२ वर्षीया प्रतिमा बुढा र आमा ४५ वर्षीया मीना महतारा बिरुद्ध प्रहरीमा उजुरी परेको बताइएको छ । 

जग्गा विवादमा भनाबाेल हुँदा सुरुमा अम्मरसिंह र उनका छोरा १७ वर्षीय गणेश बुढाले कुटपिट गरेको बेला उमेश, उनकी श्रीमति र आमा समेत बीच हात हालाहाल भएको थियो । घटनाकै बेला अम्मरसिंह आफैले प्रहरीलाई फोन गरे लगतै पाँच सय मीटर दूरीको रानीमत्ता प्रहरीले त्यहाँ पुगेर सम्झाएर फर्किए लगतै अम्मरसिंह भूईमा ढलेपछि उपचारका लागि सुर्खेत पु¥याइएको थियो । 

प्रहरी हिरासतमा रहेका उमेश मृतक अम्मरसिंहका तीन भाई मध्ये उनको कान्छो भाई कृष्णबहादुर बुढाको जेठो छोरा हुन् । अम्मरसिंहका माइलो भाई नेपाली सेनाका सेवानिबृत जुद्धबहादुर सुर्खेतमा बस्ती सरेका छन् । उमेशका बुबा अम्मरसिंहका कान्छो भाई कृष्ण १७ वर्षदेखि भारतमा वेपत्ता रहेको बताइएको छ । कृष्ण बेपत्ता भएपछि उमेशको आमा मीनाले गाउँकै अर्को व्यक्तिसंग विवाह गरेको बताइएको छ । 
 


 

प्रतिक्रिया