मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारको क्रममा मृत्यू

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारको क्रममा मृत्यू
सुन्नुहोस्

दैलेख – मोटरसाइकल दुर्घटनामा घाइते दैलेखको आठबीस नगरपालिका–४ राकमका २२ वर्षीय दिपेन्द्र शाहीको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यू भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो । 

आठबीस नगरपालिका–१ सात्तलाबाट राकमतर्फ जादै गर्दा शाहीले हाँकेको भे ६ प ६९३ नम्बरको मोटरसाइकल  मध्यपहाडी राजमार्ग खण्डको आठबीस नगरपालिका–३ धौलाकोटमा हिजो सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलको पछिल्लो सीटमा बसेका कालिकोटको रासकोट नगरपालिका–८ का नबिन न्यौपाने समेत दुई जना घाइते भएका थिए । 

सडक मै माेटरसाइकल बजारिएर भएकाे दुर्घटनामा घाइते दुबै जनालाई आठबीस नगरपालिकाको भे ३ झ ३७३ नम्बरको एम्बुलेन्सले सोमबार नै कर्णाली प्रदेश अस्पताल पु¥याइएकोमा शाहीको मंगलबार मृत्यू भएको हो । दुर्घटनाका अर्का घाइते नबिन न्यौपानेको उपचार चलिरहेको बताइएको छ । 

प्रतिक्रिया