कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

हुम्ला -  हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप-२०८१ को उपाधि छत्रपाल आधारभूत विद्यालयले हात पारेको छ । 

आज भएको फाइनल खेलमा सूर्योदय माध्यमिक विद्यालयलाई ४/१ गोल अन्तरले पराजित गर्दै छत्रपाल आवि विजेता भएको हो । ‘बालबालिकाका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको कर्णाली किड्स कपको विजेताले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

तेस्रो उपाधी अदानचुली-१ को जनकल्याण आधारभूत विद्यालयले हात पारेको छ । उपविजेता सूर्योदय माविले २० हजार नगदसहित मेडल प्राप्त गरे । तृतीय हुने जनकल्याण आविले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । जनकल्याण  आविका हेमराज दानी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । 

प्रतिक्रिया