परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

जुम्ला – सोसेक नेपालले जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रमा सञ्चालन गर्ने बालबालिका तथा युवाहरुको अधिकारको लागि समावेशी वकालत विहानी परियोजना परिचय कार्यक्रम भएको छ ।  परियोजना बारे चन्दननाथ नगरपालिकामा उपप्रमुख रामदेबी खड्का लगायतका जनप्रतिनिधि र सरोकारवालासंग परियोजनाले गर्ने काम बारे जानकारी गराइएको थियो । 

विहानी परियोजनाले बालबिबाह, बालश्रम, लागुपदार्थ दुव्यसनी, छाउपडी प्रथा, महिला माथि हुने हिंसा न्यूनीकरण, गुणस्तरीय शिक्षा, जीविकोपार्जन लगायतका अभियानहरु सञ्चालन गरिने परियोजनाका कार्यक्रम संयोजक माया अधिकारीले जानकारी दिनुभयो । 

विहानी परियोजना जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नं. १, ४, ५, ६ ८ र ९ मा पनि सञ्चालन हुनेछ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १, २, ६, ७ र ८ मा कार्यक्षेत्र रहेको विहानी परियोजनाका क्रियाकलापहरु सुरु भइसकेका कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो ।
 

प्रतिक्रिया