सोसेक नेपालद्धारा दाङ जिल्लामा इकोनमी एक्सिलेटर परियोजना संचालन
![सोसेक नेपालद्धारा दाङ जिल्लामा इकोनमी एक्सिलेटर परियोजना संचालन](https://snowberry.prixacdn.net/media/gallery_folder/11_hvCN1uJEXI_obridplejizvlb5wvufp4dl7wljwainst7fkkhkn24tzj7sjm88r3my6mqij_LnjH73cXCC_a6hxhbqn1foellfe2d8q7v0c3dmuijot8pmkf6wczgvarhjalfvaovh5jvev.jpg)
काठमाडौँ - सोसेक नेपालद्धारा दाङ जिल्लामा इकोनमी एक्सिलेटर परियोजना संचालन भएको छ । ईएम. स्वीडिस डेभलभमेन्टको साझेदारीमा सोसेक नेपालले उक्त परियोजना संचालन भएको हो । जिल्ला साझेदार संस्था मुक्त कमलरी विकास मञ्चले स्थानिय सरकार र सरोकारवालाहरु विच वैशाख १२ गते घोराहीमा परियोजनाको परिचयात्मक कार्यक्रमको आयोजना गरि परियोजना शुरुवात गरेको थियो ।
घोराही उपमहानगर पालिका, तुल्सीपुर उपमहानगर पालिका र लमही नगरपालिका का जनप्रतिनीधि, वडा अध्यक्ष, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनीधि, पत्रकार, कुसुण्डा विकास समितिका केन्द्रिय अध्यक्ष, साझेदार संस्थाहरु सोसेक नेपाल, सफा नेपाल, युवालयका प्रतिनीधिको रहेको थियो ।
कार्यक्रममा उत्थानशिल जीविकोपार्जन माध्यमबाट सीमान्तकृत समुदाय, महिला र युवाहरूको गरिबी न्यूनीकरणमा योगदान पु¥याउन सोसेक नेपालद्धारा संञ्चालिन हुने ग्रिन ईकोनमी एक्सिलेटर परियोजना को लक्ष्य उद्धेश्य तथा कार्ययोजना परियोजनाका संयोजक द्रोण जि.सी.ले संस्थाको परिचयका साथ पेश गर्नुभएको थियो ।
उक्त कार्यक्रममा साझेदार संस्थाहरु मुक्त कमलरी विकास मञ्च, सफा नेपाल र युवालय नेपालले पनि सो संस्थाद्धारा संञ्चालित परियोजनाहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
मुक्त कमलरी विकास मञ्चका केन्द्रिय अध्यक्ष हीरामती चोधरीको अध्यक्षता, तुल्सिपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का को प्रमुख अतिथ्यता तथा उपमेयर स्यानी चौधरी र लमही महानगरपालिकाका उपमेयर लक्ष्मि योगीको विशेष अतिथ्यता रहेको थियो ।
यस्तै मञ्चका कार्यक्रम संयोजक सुलोचना चौधरीको उद्घोषणमा संञ्चालित कार्यक्रममा स्थानिय समुदायको दिगो उत्थानशिल तथा प्रभावकारी कार्यक्रम संञ्चालन गर्न सहभागिबाट सुझाव दिनुभएको थियो भने प्रमुख अतिथि तथा तुल्सिपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले स्थानिय साझेदार लाई स्थानिय सरकारका नीति तथा कार्यक्रमको परिपुरकको रुपमा कार्य संञ्चालन गर्न सुझाव दिनुभयो ।
कार्यक्रमको प्रभावकारी कार्यन्वयनमा स्थानिय सरकारको पुर्ण सहयोग तथा सहकार्य रहने विषय जानकारी गराउनुभएको थियो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले सम्पुर्ण साझेदार संस्थाका तर्फवाट कार्यक्रममा उपस्थित सरोकारवालाहरुलाई धन्यावाद ज्ञापन गर्दै कार्यक्रमको प्रभावकारी कार्यन्वयनमा आफूहरु दृढ रहेको प्रष्ट पार्नुभएको थियो ।
सोसेक नेपालले लुम्विनी प्रदेशमा पहिलो पटक कार्यक्रम संञ्चालन गर्न लागेको र यो परियोजना दाङ लगायत सल्यान र कपिलवस्तुमा पनि संञ्चालन गरिने विषय जानकारी गराईएको थियो ।
प्रतिक्रिया