कामिरिता शेर्पा, २९ औँ पटक सगरमाथा आरोहण गर्दै

कामिरिता शेर्पा, २९ औँ पटक सगरमाथा आरोहण गर्दै

काठमाण्डौ – अघिल्लो वर्ष सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा २९ औं पटक आरोहणमा जान लाग्नुभएको छ । सगरमाथाको २९ औं पटक आरोहणमा लागि बुधबार आधार शिविर पुग्नुभएको छ ।

अघिल्लो वर्ष सगरमाथाको आरोहण गर्नु हुँदा २८ औं पटक आरोहण गर्ने किर्तिमानी पनि उहाँकै नाममा छ । हिमाल आरोहण आफ्नो पेसा भएकाले यति पटक भनेर गन्ती नगरि सकुन्जेल सगरमाथा आरोहण गर्ने उहाँले बताउनुभयो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय शेर्पा सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहन्छ । यस वर्षको बसन्त याममा सगरमाथा आरोहणका लागि तीन सय ९० जनाले अनुमति लिएका छन् । आरोहण सहयोगीहरूले भने अनुमति लिनुपर्दैन ।

यो वर्ष सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम भइसकेको र मौसमले साथ दिएमा वैशाखको अन्तिम हप्तादेखि आरोहण शुरु हुने पर्यटन विभागले जनाएको छ ।
 

प्रतिक्रिया