सुख्खायाम लागेपछि दैलेखमा आगलागीका घटना बढदै

सुख्खायाम लागेपछि दैलेखमा आगलागीका घटना बढदै

        दैलेख । सुख्खायाम लागेपछि  दैलेखका जंगलमा आगलागीका घटना बढदै गएका छन् । गर्मियाममा नागरिकबाट हुने हेलचेक्राईका कारण पछिल्लो समय आगलागीका घटना बढेका हुन् । 
            जंगलमा हुने आगलागीबाट वातावरणसँगै आमनागरिक स्वास्थ्य समेतमा असर गरेको छ । जिल्लामा  ७७ हजार ४७५ हेक्टर क्षेत्रफल जमिन  जंगलले ओगटेको छ । ४५० हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ ।जिल्लाको कुल क्षेत्रफल मध्ये ५२ प्रतिशत जमिनमा जंगल रहेको छ । 
         जिल्लाका ११ वटै स्थानीय तहका विभिन्न जंगलमा आगलागीले गर्दा दैलेख धुवाँले ढाकेको छ । अन्य मौसमा डाडाकाँडा सजिलै देख्न सकिने आगलागीको धुवाँले गर्दा वारिकोपारि देख्न मुस्किल परेको छ । आम नागरिकको आँखामा धुवाँले असरपनि उत्तिकै पारेको छ । 
जंगलमा लागेको आगलागी नियन्त्रणमा स्थानीयबासी, वन उपभोक्ता समिति र स्थानीय सरकारले चासो दिएका छैनन् । विकासका नाममा मनपरि ढंगले सडक खन्ने स्थानीय सरकार,विपद पुर्वतयारीमा योजना विहिन देखिन्छ । बर्षेनी लाखौं रकम विपदमा विनियोजन गरेपनि आगलागी कार्यान्वयन घटनामा शुन्य छन्  । आगलागी घटना नियन्त्रणमा गर्न नारायण नगरपालिका एउटा दमकल छ भने दुल्लू नगपालिकाले आगलागी नियन्त्रणका लागि एक मेसिनको प्रयोग गर्दै आएको नगरप्रमुख भरतप्रसाद रिजालले टेलिफोनबाट जानकारी दिए ।

दुई वटा नगरपालिकामा आगलागी नियन्त्रणका दमकल मेशिन भएपनि अन्य ९ वटा पालिकामा आगलागी नियन्त्रण कुनै मेशिन नै छैनन् । आठविस नगरपालिका, ठाटिकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका,भैरवी गाउँपालिका, महाबु गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाले दमकलको व्यवस्थापन छैन ।  

आगलागी नियन्त्रणमा सम्बन्धित निकायको चासो नहुनुले जिल्लाका स्थानीय सरकारले नागरिकप्रति उत्तरदायि नभएको स्थानीयबासीले आरोप लगाउने गरेका छन् । स्थानीय सरकार कार्यकर्ता पाल्नको लागि सडक मात्र खन्छन् । तर हामीलाई चाहिने सम्पत्ति जोगाउन पहल गर्दैनन् ठाटीकाँध गाउँपालिकाका –१ का विशाल शाहीले बताए । जंगलमा लागेको आगलागी जनप्रतिनिधीलाई असर गर्दैन हामी उपभोक्तालाई मात्र असर गर्न भएकोले सरकारले चासो नदिएको उनको आरोप छ ।

डिभिजन वन कार्यालयले केही समयअघि मात्र आगलागी नियन्त्रण सामग्री खरिद गरिएको छ । डिभिजन वन कार्यालय दैलेखका सूचना अधिकारी वेदप्रकाश ढकालले बताए । प्रशासनले माग गर्दा उपलब्ध गराउने गरी आगलागी नियन्त्रण सामग्री कार्यालयमा राखिएको डिभिजन कार्यालय दैलेखका सुचना अधिकारी वेदप्रसाद ढकालले बताए ।
सुचना अधिकारी ढकालले भने आगलागी भइसकेपछि नियन्त्रणतर्फ लाग्नुभन्दा आगलागी हुन नदिन सबै सचेत हुनुपर्ने बताए ।  ‘आगलागी हुन नदिन आमनागरिक सचेत रहनुपर्ने उनको भनाई छ । कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम गर्दै आएको छ’, उनले थपे ।  
चार सय ५० हेक्टर जंगलमा आगलागी भइसक्दा समेत स्थानीय सरकारले नियन्त्रणतर्फ खासै चासो देखाएका छैनन् । 
यसैगरी जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिकबर्ष ०७८।०७९ मा जिल्लामा १८ वटा आगलागीका घटनाबाट ९ घर र ३ गोठमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । 
आर्थिबर्ष ०७९।८० मा भने आगलागीमा परि ३ जना पुरुष ६ जना महिला १ बालक १ बालिका घाईते भएको दैलेख प्रहरी कार्यालयले जनाएको छ सोही बर्षमा  मात्र आगलागीमा परी १६ पशु चौपाया मरेका थिए भने २१ लाखभन्दा बढीको आर्थिक क्षति भएको थियो । 
चालु आर्थिक बर्षमा भने जिल्लामा  १३ ठाउँमा आगलागीका घटना भएका छन् ।  आगलागीमा १५ लाखभन्दा बढीको आर्थिक क्षति हुनुका साथै ३ पशु चौपाया मरेका प्रहरीको तथ्यांकमा उल्लेख छ । 
 

प्रतिक्रिया