दुल्लूमा नबिल वैंकको शाखा स्थापना

दुल्लूमा नबिल वैंकको शाखा स्थापना

    दैलेख(दुल्लू) २१ वैशाख । दैलेखको दुल्लु नगरपालिकामा नबिल वैंकको शाखा स्थापना भएको छ । शुक्रवार २६८ औं शाखाको रुपमा दुल्लूनगरपालिकामा शाखा स्थापना गरिएको हो । यस अघि दुल्लूनगरपालिकामा कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य वैँकले सेवा दिदै आएका थिए

। 
     कर्णाली प्रदेशकै दोस्रो ठुलो स्थानीय तह एवं पाँच वटा स्थानीय तहको मुकामको रुपमा रहेको दुल्लूमा नबिल वैंकको स्थापनालाई स्थानीयबासीले उपलब्धीको रुपमा लिएका छन् । 
     बैँक शाखाको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो  । सोही  कार्यक्रममा  दुल्लु नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु लगायत सेवाग्राहीको सहभागी थिए । 

बैंक शाखा स्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले विगतमा राष्ट्रिय वाणिज्य वैँक लगायत कृषि विकास वैँक स्थापना गर्न ठुलो चुनौति भएको भएपनि यतिबेला नबिल वैँकको स्थापना सहज रुपमा हुनु खुशिको कुरा भएको बताए । उनले भने,शाखा स्थापना सँगै सेवाग्राहीको माग बमोजिम वैंकले काम गर्नेछ । 


बैँकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले नबिल बैँकले सेवाग्राहीसँगको सहकार्यमा हातेमालो गर्दै सेवा प्रदान गर्ने भन्दै वित्तिय कारोबार बढाउनका लागि सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिए । 


वैंकको शाखाबाट दुल्लूनगरपालिका,आठविस नगरपालिका,चामुण्डाविन्द्रासैनी नगरपालिका,ठाटीकाँध गाउँपालिका र भैरवीगाउँपालिका बासिन्दाले वैंकिङ्क कारोबारको सेवा प्राप्त गर्नेछन् । नबिल वैंक लिमिटेड,नेपाल राष्ट वैंकबा क वर्गको इजाजत प्राप्त बाणिज्य वैंक हो । यस वैंकको दुल्लू सहित २६८ औं शाखा विस्तार गरेको छ भने १४७ स्थानमा एटिएम सञ्चालनमा ल्याई सकेको छ । यस वैंकले आफ्नो व्याक्तिगत बचतकर्ता ग्राहकहरुको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रुपैयाँको घातक रोग बिमा तथा ७५ हजार  मृत्यु बिमा गरिदिने योजना सात बर्ष अघि देखी शुरुवात गरि निरन्तरता दिईरहेको छ ।  
 

प्रतिक्रिया