लैंगिक हिंसा रोकथाममा जनप्रतिनिधिहरुको अगुवाई आवश्यक

लैंगिक हिंसा रोकथाममा जनप्रतिनिधिहरुको अगुवाई आवश्यक

कालिकोट – प्रतिनिधिसभाका सांसद सीता कुमारी रानाले समाजमा महिला माथि हुने गरेको हिंसा रोकथामका लागि जनप्रतिनिधिहरुले अगुवाई गर्नुपर्ने बताउनुभएको छ । कालिकोटको शुभकालिका गाउँपालिकामा ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना परिचयात्मक कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

समाजमा रहेको लैंगिक हिंसा, जातीय विभेद जस्ता कुचलन आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार प्रत्याभूतीका निम्ति जनप्रतिनिधिहरुले अग्रसरता लिन सके विकृति र विंगति हटाई सभ्य समाज निर्माण प्रभावकारी कार्यक्रमहरु हुनसक्ने सांसद रानाले टिप्पणी गर्नुभयो । 

कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द आचार्यले पालिकाका केही वडाहरु बालमैत्री वडा घोषणा भइसक्दा पनि बालविवाह पूर्णरुपमा निर्मूल हुन नसकेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले लैंगिक हिंसा रोकथाम गर्न जनचेतना पुग्न नसकेको टिप्पणी गर्नुभयो । 

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को साझेदारीमा सोसेक नेपालले ‘सशक्त महिला समृद्ध नेपाल’ (ईडब्लुपीएन) नामका परियोजना कालिकोटको शुभकालिका गाउँपालिकाका १ र २ नम्बर वडामा सञ्चालन गर्ने भएको छ । 

शुभकालिका गाउँपालिकाकाको मुकाम सुकाटियामा परियोजना परिचय कार्यक्रममा कार्यक्रम सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा परियोजनाले बालविवाह, छाउपडी प्रथा लगायत लैंगिक हिंसा रोकथाम र समताको सवाल बारे पैरबी गर्ने बताउनुभयो ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ संगै दैलेखको नारायण नगरपालिकाको वडा नं. १, २ र ३ मा संगै शुभकालिका गाउँपालिकाको वडा नं. १ र २ गरी तीन जिल्लामा सञ्चालन भइसकेको ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजनाले कार्यक्रम व्यवस्थापक हेमन्तीका गौतमले प्रकाश पार्नुभएको थियो । 

‘सशक्त महिला समृद्ध नेपाल’ परियोजनाले अन्तरराष्ट्रिय मजदूर संगठन (आइएलओ), सीएमसी लगायतका संस्थाहरुको सहकार्य तथा लैंगिक सवालमा पैरबी गर्दै आएका सरकारी निकाय र नागरिक समाजसंग समन्वयमा काम गर्ने बताइएको छ । 

नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा भएको परियोजना परिचयात्मक कार्यक्रमले ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना अन्तरगत जोडी सहजकर्ता, सामुदायिक सहजकर्ता लगायतका जनशक्ति पूर्ति गर्न नगरपालिकाले सूचना प्रकाशन गर्ने र छनौट गर्न सोसेक नेपाल र नगरपालिकाको समन्वयमा छनौट गर्ने निर्णय गरिएको छ ।
 

प्रतिक्रिया