हुम्लाका युवालाई ४५ दिने आधारभूत कम्प्युटर तालिम
![हुम्लाका युवालाई ४५ दिने आधारभूत कम्प्युटर तालिम](https://snowberry.prixacdn.net/media/gallery_folder/talim_gluBWEaVyi_1hpxm3pvdf6upps3c7tl93hs16o5v85exe4la5bsd0hokz73dtzddnljzlay_oUhvkMcLZ4_9uqvhfmxyr833hwv2zeac72q55yrce0xfjsegimlrmvv7gck5gev3nq9xqwy.jpg)
काठमडौँ - ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ ।
लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिम आयोजना गरिएको हो । सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ युवती र दुई युवा गरेर २६ जनालाई कम्प्युटर तालिममा प्रदान गरिएको प्रशिक्षक रेशमराज रोकायाले बताउनुभयो ।
तालिम समापन कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीको अध्यक्षता र सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष रावतको प्रमुख आतिथ्यमा भएको थियो ।
हुम्ला कारागारका प्रमुख जीवन रुपाखेती र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका लेखापाल केशव न्यौपानेलगायत विभिन्न सरकारी कार्यालयका कर्मचारीले प्रशिक्षार्थीलाई सिकेको सीपको उपयोग गर्न सुझाव दिनुभएको थियो ।
प्रतिक्रिया