सुन्दर सिल्पाचौर पुनःनिर्माणको पखाईमा

सुन्दर सिल्पाचौर पुनःनिर्माणको पखाईमा

 जाजरकोट, (सिल्पाचौर)  । पश्चिम माथितिर जंगलले घेरिएका अग्ला पहाड । पुर्व,उत्तर र दक्षिणतिर हिउँ विनाका कालापत्थर हिमाल । बिचमा परेको समथर भु– भाग वा समथर परेको गल्छी । बस्तीको शिरानीबाट बिच बस्ती हुदै आफ्नै सुरलयमा बगिरहेको  खोल्सा । दायाँ, बायाँ परम्परागतशैलीमा गुजमुज पारेर बनेका  घर,सेतो कमेरो माटोले पोतिएका घरका भित्ता,सिलेटले छाएका छाना । पारिपट्टि साना खरका छाना भित्र राखिएका दाउराका खलिया । झट्ट हेर्दा क्यानभास जस्तै देखिने यो दृश्य हो, बारेकोट गाउँपालिका –१ सिल्पाचौर बस्तीको । 


सुर्यौदय सँगै विहानी पख यहाँको सुन्दरताले लोभ्याउँछ,झनै विहानीपख बैजनी रंगको किरणले आँखाका नानीलाई जति कोसिस गरेपनि यताउता जान दिदैन । नाबालकको हेरचाह गरे झै सिल्पाचौरको संस्कृति र संस्कारबारे बुझ्न प्राकृतिले नै रिपुटी लगाईदिन्छ । एउटै खालका घरले कोही त्यहाँ सम्पन्न,विपन्न जस्तो देखिदैनन् र कुनै चिजको अभावको आभास नै हुदैन सुन्दर सिल्पाचौरको सुन्दरताले त्यहाँ पुगेका जोकोहीलाई मन्त्रमुग्द बनाउँछ ।
माथि डाँडातिर लालिगुराँस फुलले वनपाखा रातै देखिन्छन् । दुलहीको सिउदोमा सिदुर पोतिएको जस्तो । कोईली मिठो स्वरले आनन्द दिए पनि शिल्पाचौरबासीलाई घाम डुब्न लाग्दा हावाहुरी चल्न शुरु हुँदा कहाँ जाने हो भन्ने चिन्ताले उत्तिकै सताउने गरेको छ । भुकम्पपछि आफनै घर पनि विरानो हुन थालेको गीता बुढा मगरले बताईन । हामीलाई आजभोली भन्दा पनि बर्षातमा समस्या हुने उनको भनाई छ । लेखतिरको सबै पानी यही भएर आउँछ आजभोली त त्रिपालमा बसौला । बर्षातमा कसरी बस्ने भन्ने चिन्ता लागेको छ । सरकारले समयमै घर बनाईदिएको भए । न्यानो घरमा त बस्ने थियौं उनले भनिन् ।
१७ कार्तिकको मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका –१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पले सिल्पाचौरबासीको सातोसँगै सबै सँगै  लियो । ६.४म्याग्निच्युट भुईचालाले शिल्पाचौरबासीको मात्र होइन,जाजरकोट,सल्यान,पश्चिम रुकुम बासी लाई नराम्री लप्टयो । कसैले ज्यान गुमाए भने कोही घाईते भए । कतिको सपना भुकम्पको झड्काले घरमै पुरिदियो । नागरिकका घर मात्र होइनन् सडक,बाटोघाटो, विद्यालय,स्वास्थ्य संस्था सरकारी कार्यालय,सञ्चार माध्यम समेत भत्किए । भुकम्पमा परि घाईते भएकाहरुलाई सरकारले उद्धार गरि जीवन बचायो । उद्धार पछि केही घर फर्कि सकेका छन् भने केही व्याक्तिको अझै पनि सुर्खेत नेपालगञ्ज र काठमाण्डौंका स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । 
भुकम्प गएको ६  महिना पुग्नै लाग्दा अझै पनि घरबार विहिन पिडित परिवार त्रिपालमुनि बस्न बाध्य छन् । त्रिपालमुनि ुत्केरी महिला,बालबालिका र दिर्घरोगी जेष्ठ नागरिकले कष्टकर जीवन जीउन बाध्य छन् । विभिन्न गैरसरकारी संघ संस्था र सरकारी कार्यालयले भुकम्प पिडित परिवारका लागि  न्यानो कपडा,त्रिपाल कम्बल समेत पहुँचकै आधारमा जनप्रतिनिधीले वितरण गर्ने गरेको भुकम्प पिडितको गुनासो छ । 
घरबार विहिन बनेका भुकम्प पिडित ६ महिना वितिसक्दा पनि अझै पनि त्रिपालमुनि कष्टकर रात कटाउन बाध्य छन् । हावा हुरी चल्दा त्रिपाल उडाई दिने होकी भन्ने चिन्ता पनि उत्तिकै छ । घर भत्किदा त्रिपालमुनि बसेर रात विताउनु परको भेरीनगरपालिका १ का चन्द्रबहादुर कामीले बताए । उनले भने, त्रिपाल त दियाँका छन् । आजभोली ती त्रिपालमा गहुँ कता राख्ने हो आफुलाई बस्ने सुत्ने ठाउँ छैन । कतिपय भुकम्प पिडित भने पुरानो चर्किएकै घरमा बस्ने गरेको उनले जानकारी दिए । गर्मिले गर्दा सरुवा रोग फैलिन डर उत्तिकै छ ।  
शिल्पाचौरका बासिन्दा अझै पनि घरमा जान डराँउछ । घर बाहिरबाट हेर्दा राम्रै देखिएपनि भित्रतिर सबै घर चर्किएका छन । कुनै घर पनि बस्न लायक छैन । सरकारले छिटो भन्दा छिटो घर बनाईदिए शिल्पाचौरबासीलाई गाउँमा आएको सिंहदरबारको अनुभव लिन पाउने थिए कि ? 
 

प्रतिक्रिया