दैलेख बजारमा आगलागी

दैलेख बजारमा आगलागी

दैलेख बजारमा आगलागी भएको छ । विद्युत सर्ट भई नारायण नगरपालिका १ स्थित साजन मोटर साईकल ग्यारेजबाट आगो सल्किएको हो । आगो लागेर मोटर ग्यारेज र सँगै जोडिएको सम्झना फोटो स्टुडियो जलेर सरसमान नष्ट भएका छन् । 


नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक सुनिल दाहाले बताउनुभयाे । आगो नियन्त्रणमा आई नसकेकोले क्षतिको विवरण आउन नसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया