विद्यालय हातामा चट्टयाङ्ग : पाँच घाइते

विद्यालय हातामा चट्टयाङ्ग : पाँच घाइते घाइते बालक विश्वविकास रावत
सुन्नुहोस्

दैलेख – विद्यालय हातामा चट्टयाङ्ग परेर तीन बालबालिका र दुई जना शिक्षक समेत पाँच जना घाइते भएका छन् । नौमुले गाउँपालिका–६ नाउलीको शिवशक्ति माध्यमिक विद्यालय हातामा बुधबार दिउँसो परेको चट्याङले घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो । 

कक्षा ५ मा अध्ययनरत छात्रद्वय ११ वर्षीय विश्वबिकास रावत, १० वर्षीय यामबहादुर चन्द, कक्षा ७ मा अध्ययनरत छात्रा १२ वर्षीया लक्ष्मी गुरुङ,  विद्यालय शिक्षक द्वय रमेश सिंह ठकुरी र प्रेमबहादुर चन्द घाइते हुनुभएको थियाे ।चट्टयाङ्गले विद्यालयकाे भवनमा पनि क्षति पुगेकाे बताइएकाे छ । 

घाइतेको मध्ये दुई शिक्षकहरू प्राथमिक उपचार पछि फर्किएका, दुई जना विद्यार्थीको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चट्टयाङ्गले बढी चोट लागेका विश्वविकास रावतलाई दैलेखख अस्पतालमा पु¥याएर उपचार थालिएको र अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो ।  

प्रतिक्रिया