बल्ल पायो, पालिकाले प्रशासकीय भवनको लागि जमिन

बल्ल पायो, पालिकाले  प्रशासकीय भवनको लागि जमिन

दैलेख -  संघीयता आएको सात बर्षपछि ठाँटीकाँध गाउँपालिकाले प्रशासकीय भवनको लागि जमिन पाएको छ । सोही पालिका वडानं –६ का प्रेमबहादुर थापाले ६ रोपनी जमिन दान गरेपछि पालिकाले प्रशासकीय भवनको लागि जमिन पाएको हो । थापाले दान गरेको जमिन बुधवार मालपोत कार्यालय दुल्लूमा गएर पालिकाको नाममा ६ रोपनी जमिन  पास गरेका हुन् । 

थापाले जमिन उपलब्ध गराएपछि प्रशासकीय भवन टुंगो लागेको छ । जमिनको टुंगो नलाग्दा पालिकाले भाँडाकै घरबाट सेवाग्राहीलाई सेवा दिदै आएको थियो । एउटै घरमा आवश्यक कोठा नहुँदा पालिकाले चार वटा घर भाँडामा लिएर कार्यालय सञ्चालन दिईरहेको गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले बताउनुभयो ।

२०७४ सालमा निर्वाचित गाउँपालिकाले अध्यक्षले जमिन टुंगो लगाउन नसक्दा भाँडाकै घरबाट कार्यालय सकियो । म निर्वाचित आएदेखी जमिनको टुंगो लगाउन धेरै प्रयासपछि आज बल्ल पालिकाले जमिन पायो । जमिन उपलब्ध गराउने दानविरलाई म धन्यवाद दिन्छु । अब मैले, मेरै कार्यकालमा प्रशासकीय भवन बनाएर आमनागरिकले भवनबाट सेवा पाउने छन् ।  पालिकाले बार्षिक २२ लाख भाँडातिरेर आम नगारिलाई सेवा दिईरहका छौं उहाँले भन्नुभयो ।  


लामो समपछि बल्ल पालिकाको प्रशाकिय भवनको लागि जमिन प्राप्त भएको छ । अब भवन  निर्माण गर्न वजेट व्यबस्थापनको लागि संघिय सरकार सँग तत्काल माग गरि निर्माण प्रक्रियामा अगाडि बढाईने गाउँपालिका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले बताउनुभयो । पायक पर्ने ठाउँमा जमिन प्राप्त भएको छ ,बरु ठाँटीकाँधबासीले छिटो भवन निर्माण गर्न दबाब दिनुभएको छ, संयोजकले थप्नुयो । 

जग्गा एक बर्ष अघि नै पालिका उपलब्ध गराउने मन त थियो । जग्गा दाताले लाभकर दिन नसक्ने भएपछि आजसम्म रोकिएको दानविर प्रेम थापाले बताउनुभयो । मसँग जमिन थियो तर लाभकर तिर्ने पैसा थिएन आज सम्म रोकियो  । हामी जग्गा पनि दान गर्ने पैसा तिर्ने भएपछि हामी सक्दैनौ भएर पन्छियौं । अहिले लाभकर तिर्ने पैसा भयो पालिकाको भवनको लागि जमिन दान ग¥यौं, उहाँले भन्नुभयो । 
 

प्रतिक्रिया