वीरेन्द्रनगरमा प्रथम ज्ञान कर्णाली हाल्फ म्याराथन सुरु
काठमाडौँ - सुर्खेतको वीरेन्द्रनगरमा प्रथम ज्ञान कर्णाली हाल्फ म्याराथन सुरु भएको छ। क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक साझेदारीमा म्याराथन सुरु भएको हो।
दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन गराउने इभेन्टका रूपमा स्थापित गराउन तथा आसन्न १० राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्ने गरी रेस नेपालले कर्णाली हाफ म्याराथन आयोजना गरेको हो।
म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको छ। म्याराथनमा कर्णाली तथा राष्ट्रियस्तरका धावकहरुको सहभागिता छ।
प्रतिक्रिया