सहमतिको सम्बन्ध र बलात्कार

बास्तविक बलात्कार हो होइन ? पछिल्लो समय केही घटनाहरुले बलात्कारको बास्तविकता जाँच्न  गहन आवश्यकता पैदा भएको छ ।

सहमतिको सम्बन्ध र बलात्कार

अब संसारैभरी बलात्कारको पनि बलात्कार गर्ने हैसियत भएका नेपालीहरु हुन् र बलात्कारको पनि बलात्कार गर्ने देश नेपाल हो भनेर चिनिने स्थिति आउन थालेको छ । जता पनि बलात्कारको चर्चा र परिचर्चा चलिरहेको हुन्छ । कसैको निजी मामिलालाई बलात्कार जस्तो जघन्य अवराधको आवरण दिन मिल्ने कस्तो कानून बनायौ हामीले ? यस्तो परिस्थिति आउनमा निजी सहमतिका मामिलाहरु सम्वोधन गर्ने कानून बलात्कारको कानून संगसंगै नआउन सक्नु र बिस्तारै यसको दुरुपयोग भएका घटनाहरु बढ्दै जाँदा यसमा छलफल गरी निजी सम्वन्धहरुका समस्याहरु सम्बोधन गर्ने ऐनको आवश्यकता कसैलाई नखड्किनु हो । नितान्त निजी मामिलालाई पनि बलात्कारको संज्ञा दिई कसको कति मात्रामा गल्ती रहयो ? भन्ने बिषयमा बलात्कार शब्दको भकुण्डो बनाएर नेपाली समाज, आम सञ्चार र सामाजिक संजालहरुमा खेल्ने होड चलिरहेकोे छ ।

बास्तविक बलात्कारमा पर्ने मानिसको लागि यस्तो प्रबृत्ति कति असहीय हुन्छ यो समान्य मान्छेले कल्पना पनि गर्न सक्दैन, त्यसैले यो बिषयमा जता पनि खेल खेले झंै टिप्पणी गर्नु लज्जास्पद बिषय होईन र ? जब दुई जना महिला तथा पुरुषको बीच निकटतम सम्वन्ध छ भने त्यहाँ पक्कै पनि दुबैको सहमतिमा माया तथा यौन सम्वन्ध हुनु स्वाभाविक हो । यदि निकटतम सम्वन्धको प्रमाण हुन्छ भने सिधै बलात्कारको संज्ञा दिएर किन बलात्कारको पनि बलात्कार गरिन्छ नेपालको कानून र कानून व्यवसायीद्धारा ? किन मानिसलाई जबरजस्ती सार्वजनिक अपराधी बनाउन सामाज र कानून उदत्त देखिन्छ ? दुवैको सहमतिमा यौन सम्वन्ध हुन्छ तर पछि आएर कुनै बिवाद भयो भने त्यसलाई बलात्कारको संज्ञा किन दिइन्छ ?

बास्तविक बलात्कार हो होइन ? अदालतको फैसला नआउदै व्यक्तिगत सम्बन्धहरु फौजदारी मुद्दा बन्ने अनि मिडियाहरु र सामाजिक संजालहरुमा फैलिंदा नेपाली समाज बारे सन्देश जान्छ ? यो बिषय सवैले हेक्का राख्नु पर्ने होइन ? पछिल्लो समय केही घटनाहरुले बलात्कारको बास्तविकता जाँच्न  गहन आवश्यकता पैदा भएको छ । विशेष गरी अन्तरजातिय बिवाह, आर्थिक हैसियतमा अन्तर परेको वा अरु केही रिसिवी भएको अवस्थामा चाहिँ बलात्कार मुद्दा बन्ने गरेको देखिएको छ । सहमतिमा गरिएका यौन सम्वन्धहरु फौजदारी मुद्दामा लैलाने चाहने यौन घटनाको अर्को पात्र दोषमुक्त हुन मान्न सकिन्छ ? कानून निर्माणकै बेला नीति निर्माण तह चुकेको हो कि भन्ने बिश्लेषण हुन थालेको छ । सहमतिमा भएका सम्बन्धहरु बलात्कार भने यसको प्रभाव अव बैवाहिक बलात्कारमा समेत आउन थालिसकेको छन् यसले सामाजिक अस्थिरता, विचलन, त्रास फैलाइदिएको छ ।

हुन त कानूनका नौ सिङ्ग हुन्छन् भन्ने व्याख्या पनि छ । यसले जता पनि मोड्न सक्छ भन्ने पनि जनाउँछ । यसको सामाजिक, सँस्कृतिक र आर्थिक बिष्लेशण कसले गर्ने ? मानिसमा नकारात्मकता बढेर गएको छ । कानूनको छिद्रलाई दुरुपयोग गरेर कतिपयले परिवन्दमा पार्ने, मोलमलाई गर्ने घटनाहरुले निर्दोष मान्छेहरु शिकार हुने गरेका छन् । कानूनको जटिलताले अपराधका घटनाका संख्याहरु बढेको पनि बिश्लेषण हुने गरेका छन् । यो कसैको कुनै व्यक्तिगत समस्या होइन । सबैको साझा समस्या हो । सबैको घरमा छोराछोरी हुन्छन । सबैको वरावर हक छ । कसैले कसैलाई अनावश्यक फसाउन खोज्दा यस्ता समस्या देखिन्छन । कानूनमा सुधारको आवश्यकता छ भने समाज सचेतता पनि उत्ति नै पैदा गराएको  छ । सामाजिक सञ्जाल र मिडिया पनि संवेदनशील हुन जरुरी छ । 

यौन जीवनलाई खुला छोड्न पर्छ भन्ने पनि होइन, सामाजिक मर्यादा, व्यक्तिको सुरक्षा र गोपनीयतामा सबै सचेत हुनै पर्छ भन्ने पनि होइन । सामाजिक मूल्य मान्यता, धर्म, संस्कार, परम्पराहरु पनि मान्नुपर्छ । नेपाली समाजको मौलिकता असल चालचलनहरु जोगाई राख्न, सभ्यता, शिष्टार पालना पनि गरौं । समाजमा महिलाहरुमा हिंसा, शोषण, दमन, थियोमिचो र अत्याचार पालेका कुसंस्कार त्यागौं । इच्छा विपरित भएका यौनजन्य अपराधमा कडा कारवाही गरौं, बालिकाहरु माथि भएका बलात्कार कडा कारवाही गर्ने र नियोजित रुपमा फसाउन रचिएका बलात्कार घटनाहरुको छानबिन गरी झुट्टा ठहरे बनावटी मुद्दा ल्याउनेलाई कारवाही गर्ने परिपारी बसाल्न पर्ने अवस्था आएको छ । 

(यो लेखकको निजी विचार हो ।)

प्रतिक्रिया