ट्रयाक्टर दुर्घनामा एकको मृत्यू, छ जना घाइते

ट्रयाक्टर दुर्घनामा एकको मृत्यू, छ जना घाइते

दैलेख – दुल्लु नगरपालिका–६ धाडा जंगलमा आज आइतबार भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यू भएको छ । दुल्लु नगरपालिका–६ खच्चेगैराका ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 

ट्रयाक्टरले बोकेको विद्युतको पोल हल्लिएर भे.१ त. ८९६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यूसंगै एकै गाउँका ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिनुभयो । 

दुल्लु नगरपालिका–६ खच्चेगैराका ५६ वर्षीय कमारो रावल गम्भीर घाइते भएको कारण  दुल्लु अस्पतालमा प्राथमिकता उपचारपछि थप उपचारको लागि एम्बुलेन्समा कर्णाली प्रदेश अस्पतालमा पु¥याइएको जनाइएको छ । उनको दाहिने खुट्टा भाँचिएको छ ।  

दुर्घटनामा घाइते भएका ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छबिलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ट्रयाक्टर धनी ३१ वर्षीय ललितबहादुर खड्का र ट्रयाक्टर चालक कमल शाहीको दुल्लू अस्पतालमा उपचार चलिरहेको जानकारी दिइएको छ ।  
 

प्रतिक्रिया