कृषि पढाउने विद्यालयमा सोलार लिप्टिङ्ग सिंचाई

कृषि पढाउने विद्यालयमा सोलार लिप्टिङ्ग सिंचाई

दैलेख – दुल्लू नगरपालिका वडा नं. २ स्थित नरेश्वर उद्यमशील माध्यमिक विद्यालय प्रभुस्थानले प्राविधिक शिक्षा अन्तरगत कक्षा ९ र १० का लागि सञ्चालन गरेको कृषि विषय अध्ययनरत विद्यार्थीहरुले उत्पादनमा सघाउ पु¥याउन कृषि विकास कार्यालय दैलेखले सोलार लिप्टिङ्ग सिंचाई सहयोग गरेको छ ।

विद्यालयमा उद्यमशील काम भइरहेको र विद्यार्थीहरुलाई खेती प्रविधि सिकाउन सिंचाई सुविधा आवश्यक परेको भनी माग आए अनुसार १४ लाखको अनुदान सहयोगमा सोलार लिप्टिङ्ग सिंचाई पु¥याइएको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष छ लाख अनुदानमा राले खोला मुहानमा ट्याँकी निर्माण गरिएको र चालु आर्थिक वर्षमा आठ लाख रुपैंयाँमा सोलार, पाइप र पानी तान्ने मोटर विद्यालय आफैले खरिद गरी राले खोला मुहानबाट चार सय मीटर माथि भलायकाटिया प्रभुस्थानको रिजर्व ट्याँकीमा पानी पुगेको उपभोक्ता समितिका अध्यक्ष रामे कामीले जानकारी दिनुभभयो । 

१५ वर्ष अघि पाँचथरको जिल्ला शिक्षा अधिकारी हुँदा शैक्षिक विकासको निम्ति उल्लेख्य कार्य गरेको भनी गोरखा दक्षिणबाहुले सुशोभित हालै सेवानिबृत ज्ञानमणी नेपालको अवधारणामा ‘पढ्दै कमाउदै’ यो विद्यालयमा अत्याधुनिक आवसीय विद्यालय भवन समेत ५ वटा भवन छन् । अहिले डेढ सय विद्यार्थी छन्, गुणात्मक शिक्षा दिने उद्देश्यले विद्यार्थी संख्या सीमित गरिएको विद्यालयका प्रअ हरि केसी बताउनुभयो ।     
 

प्रतिक्रिया