ट्रयाक्टर दुर्घनामा ज्यान जानेको संख्या तीन पुग्यो

ट्रयाक्टर दुर्घनामा ज्यान जानेको संख्या तीन पुग्यो

दैलेख – हिजो दुल्लुमा भएको ट्रयाक्टर दुर्घटनामा ज्यान जानेहरुको संख्या तीन पुगेको छ । दुल्लु नगरपालिका–६ खच्चेगैराका ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै र बाँकी दुई जनाको उपचारको क्रममा आज विहान कर्णाली प्रदेश अस्पतालमा ज्यान गएको हो । 

ट्रली भएका बिद्युतको पोल हल्लिएर भे.१ त. ८९६ नम्बरको ट्रयाक्टर दुर्घटनामा मानबहादुर रावलको घटनास्थलमै, ५६ वर्षीय कमारो रावल र र ट्रयाक्टर चालक २५ वर्षीय कमल शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले बताउनुभयो । मृतकहरू तीनै जना दुल्लु नगरपालिका–६ खच्चेगैराकाका बासिन्दा हुन् । 

दुल्लु नगरपालिका–६ लुजैमा बिद्युतीकरणका लागि विद्युतको पोल बोकेर जाँदै गर्दा हिजो अपरान्ह दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छबिलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल र ट्रयाक्टर धनी ३१ वर्षीय ललितबहादुर खड्काको दुल्लू अस्पतालमा उपचार चलिरहेको जानकारी दिइएको छ ।  
 

प्रतिक्रिया