सुत्केरी श्रीमतीको हत्या पछि सल्यानमा श्रीमानद्वारा आत्माहत्या

सुत्केरी श्रीमतीको हत्या पछि सल्यानमा श्रीमानद्वारा आत्माहत्या

सल्यान  -  सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर  हत्या गरि श्रीमान पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रहरी नवीन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि  आत्महत्या गरेका हुन । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोलि खटिएको छ । 

राना दम्पतीका १३ दिनको  नवजात शिशु छोरी सहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो  । आइतबार मात्रै  बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरि श्रीमान पनि  झुन्डिएर आत्माहत्या गरेका थिए । उनीहरुको पनि डेढ बर्षको छोरी सहित ३ छोराछोरी रहेका छन । अभिभावक गुमाएपछी उनीहरुको पालनपोषणमा समस्या भएको छ । -सल्यानखबर 

प्रतिक्रिया