बालिका बलात्कार घटनाका कसूरदारलाई जन्मकैद

बालिका बलात्कार घटनाका कसूरदारलाई जन्मकैद

दैलेख – पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले भारतको रुपैडिया जिल्ला चितलहवाका २९ वर्षीय रञ्जीत कुमारलाई जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासको उक्त सजाय भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

बिस्तृत स्वास्थ्य परीक्षण लगायतका प्रमाणका आधारमा कसूर पुष्टि भएकोले कसूरदारलाई जन्मकैद (वर्ष काराबास)को अलवा सात लाख रुपियाँ जरिवाना, पचास हजार रुपियाँ पीडित पक्षलाई क्षतिपूर्ति, पीडित राहत कोषमा २८ सय रुपियाँ जम्मा गर्नुपर्ने सजाय भएको सूचना अधिकारी उपाध्यायले बताउनुभयो । 

सुंगुरको रौं संकलनको कामले दैलेखको एक गाउँमा पुगेको कसूरदारले बालिकालाई ०७९ पुस २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा कसूरदारलाई प्रहरीले भोलिपल्ट पुस ३० गते गिरफ्तार ग¥यो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३० गते दैलेख अस्पतालमा गरिएको थियो । 

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले माघ २४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्वन्धी अभियोग दर्ता गराएको र थुनछेक बहसपछि माघ २६ गते जिल्ला न्यायाधीश बलराम लम्सालको आदेश अनुसार कारागार थुनामा पठाइएको थियो । 

पीडित पक्षले पीडक पक्षको अनुरोधमा बालिकालाई काख लिएको तर बलात्कार घटना नभएको भनी प्रहरीमा दिएको उजुरीको विपरित अदालतमा होस्टाइल भए पनि यौनांगमा भित्री भागमा धसारिएको देखिएको बिस्तृत स्वास्थ्य परीक्षणको आधारमा सो सजाय भएको अदालतको भनाई छ । 

पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत र कसूरदारको प्रतिरक्षामा अधिवक्ताद्वय ललितबहादुर थापा तथा सर्वराज जोशीले बहस पैरबी गर्नुभएको थियो । सरकारवादी सबै मुद्दामा पीडितको तर्फबाट अभियोजन र पैरबी सरकारी वकीलले गर्ने गरिन्छ । 
 

प्रतिक्रिया