ठाटीकाँधमा शिक्षकहरुलाई पाँच दिने क्षमता विकास तालिम

ठाटीकाँधमा शिक्षकहरुलाई पाँच दिने क्षमता विकास तालिम

काठमाडौँ -  दैलेखको ठाटीकाँध गाउँपालिकामा शिक्षकहरुका लागि क्षमता विकास तालिम संचालन भएको छ ।

एइ आइएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय, सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा पाँच दिने क्षमता विकास तालिम संचालन गरिएको हो ।

ठाटीकाँध गाउँपालिकामा रहेका विद्यालयहरुका बालविकास शिक्षकहरुका लागि पाठ्यक्रममा आधारित ५ दिने क्षमता बिकास तालिममा २५ जना शिक्षिकाहरुको सहभागिता रहेको सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संयोजक जिवराज रेग्मीले जानकारी दिनुभयो  । 

तालिमको उद्घाटन गर्दै ठाटीकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहीले बालबालिकालाई आफ्नै घरका बालबालिका जस्तै सम्झेर पढाउन सिकाउन सुझाउनुभयो । बालबालिका भनेका आजको काँचो माटो हुन र भोलीका लागि देशको खम्बा भएकोले सानैबाट सिकाइ क्रियाकलापमा राम्रोे जग बसाल्दै अघि बढ्नुपर्छ',उहाँले भन्नुभयो, 'बालविकासका बालबालिकालाई बालविकासमा बालबालिका नभएर आफ्नो घरको बालबालिका जस्तै सिकाइ क्रियाकलाप प्रभावकारी बनाउनुहुनेछ भन्नेमा विश्वस्त छु   ।'

बालविकासमा रहेर मन, बचन र कर्मले निरन्तर सिकाइ क्रियाकलाप अगाढी बढाउनुस शिक्षा शाखाले बालविकासमा आवश्यक सहयोग गर्न तयार रहेको शिक्षा शाखा प्रमुख बिरेन्द्र रावतले बताउनुभयो ।  

तालिममा सहभागि भएका शिक्षिकाहरुकोले आफूहरुका लागि यो तालिम उपयोगी महत्वपूर्ण हुने बताउनुभएको छ ।

तालिममा अधिकांश शिक्षिकाहरु पहिलोपटक तालिममा सहभागि हुनुभएको छ ।  पहिलोपटक तालिममा सहभागि हुन पाउँदा खुशी व्यक्त गर्नुभएको छ । पहिलोपटक तालिम लिन पाउँदा यो तालिम लिएपछि अक्षरस पालना गर्ने तालिममा सहभागि हुनुभएकी शिक्षिका गोल्मा बडुवालले बताउनुभयो । यो तालिम लिएपछि सिकाइ क्रियाकलापमा सहज हुने छ',उहाँले भन्नुभयो, 'तालिम नलिनुपहिले सहज र प्रभावकारी सिकाइ क्रियाकलापमा केही असहजता भएको र अब तालिम लिएपछि सिकाइ सिक्रयाकलापमा सहजता आउने छ ।'

तालिम उद्घाटनमा ठाटीकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह, शिक्षा युवा तथा खेलकुद शाखा श्रोत शिक्षक लवबहादुर शाहीले शुभकामना तथा स्वागत मन्तव्य राख्नुभएको थियो  । तालिमको सहजिकरण जानकी देबकोटाले गर्नुभएको सहकार्य परियोजना संयोजक जिवराज रेग्मीले बताउनुभयो  ।

प्रतिक्रिया