नारायण नपाका ११ वटै वडामा कानूनी सचेतना सञ्चालन हुँदै

नारायण नपाका ११ वटै वडामा कानूनी सचेतना सञ्चालन हुँदै

दैलेख – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको, यूएनडीपीको एटुजे परियोजनाको साझेदारीमा महिला सशक्तिकरण मञ्चले नारायण नगरपालिका ११ वटै वडामा कानूनी सचेतना सम्वन्धी कार्यक्रम गर्ने भएको छ । करिब ६ महिनासम्म चल्ने यो परियोजना बारे दैलेख सदरमुकाममा आज आयोजना गरिएको परियोजना कार्यक्रममा यो जानकारी दिइएको हो । 

सिमान्तकृत समूहको न्यायमा पहुँच अभिबृद्धि नाम दिइएको परियोजनाले महिला, दलित, जनजाति, अल्पसंख्यक जाति, समूह, अपांग र अतिविपन्नहरुको न्यायममा पहुँच अभिबृद्धि गर्न परियोजनाले सहयोग गर्ने महिला सशक्तिकरण मञ्चका कार्यकारी निर्देशक लक्ष्मी जीसीले जानकारी दिनुभयो । 

महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सबिना बिकको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, उपमेयर तप्ता थापा, नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्र बिक्रम खड्का लगायतले परियोजना प्रभावकारिताको विषयमा छलफल भएको थियो । 
 

प्रतिक्रिया