दुल्लूको किर्तिखम्बमा सडक नाटक प्रदर्शन

दुल्लूको किर्तिखम्बमा सडक नाटक प्रदर्शन

दैलेख – अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिकामा वडा नं. ७ मा रहेको नेपाल राष्ट्रिय मावि किर्तिखम्बमा गठित बाल अधिकार समूहको समन्वयमा आज  जातीय भेदभाव तथा लैंगिक हिंसा विरुद्घ सडक नाटक प्रदर्शन गरिएको छ । 

दुल्लू नगरपालिका बाल अधिकार समूहले अविभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा जातीय भेदभाव र लैंगिक हिंसाले समाजमा भएको कुरीति अन्त्य गर्न सचेतना जगाउन उक्त कार्यक्रम गरिएको मानव अधिकार शिक्षा कार्यक्रमका जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।  

समाजको चेतना अभावमा कायम रहेको जातीय भेदभाव तथा लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रमले विद्यालय र समुदायमा सचेतना बढाउन सघाउ पुग्ने  नेपाल राष्ट्रिय मावि किर्तिखम्बका प्रधनाध्यापक हिरा खड्काले बताउनुभयो ।
 

प्रतिक्रिया