लैङ्गिक हिंसा तथा बालविवाह विरुद्ध सचेतना अन्तरक्रिया

लैङ्गिक हिंसा तथा बालविवाह विरुद्ध सचेतना अन्तरक्रिया

दैलेख - आवाज संस्था बीरेन्द्रनगर नगरपालिकाको आयोजनामा भैरबीमा आज लैङ्गिक हिंसा रोकथाम तथा बालविवाह विरुद्ध सेवा सम्बन्धी सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा रोकथाम तथा बालविवाह विरुद्ध सेवा पहुँच लागि सिफारिस तथा प्रेषण समन्वय संयन्त्र सहजीकरण र वकालत विषयमा छलफल भएको थियो । 

लैङ्गिक हिंसा रोकथाम तथा बालविवाह विरुद्ध सेवा पहुँच अन्तरक्रिया कार्यक्रमको सहजीकरण आवाज संस्थाकी समुदायिक मनोविमर्शकर्ता संगिता परिवारले गर्नुभएको थियो । भैरबी गाउँपालिकाको भैरवी गाउँपालिकाको समन्वय र आवास संस्थाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रममा गाउँपालिकाको अध्यक्ष रीता शाही, उपाध्यक्ष देबी भण्डारी, लगायतका जनप्रतिनिधि, भैरवी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख निर्मला आचार्य, कृषि शाखा प्रमुख प्रकाश भट्टराई, स्वास्थ्य शाखा प्रतिनिधि इन्द्रा मल्ल, उद्यम विकास शाखाकी उद्यम विकास सहजकर्ता बिन्दू केसी लगायतको सहभागिता थियो । 

वडा नंं. ४ का वडाध्यक्ष चक्रप्रसाद शर्मा धमलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी भैरवीका प्रतिनिधि समेत विभिन्न संघसंस्था र पत्रकारहरुले समाजमा भइरहेको लैंगिक हिंसा, विभेद असमानता र बाल विवाह समस्या र समाधानका उपाय विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया