बस्तेकोटमा जातीय विभेद र लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

बस्तेकोटमा जातीय विभेद र लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

दैलेख – अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ५ मा रहेको जनता मावि बस्तेकोटमा गठित बाल अधिकार समूहको समन्वयमा शुक्रबार जातीय भेदभाव तथा लैंगिक हिंसा विरुद्घ सडक नाटक प्रदर्शन गरिएको छ । 

चामुण्डाबिन्द्रासैनी नगरपालिका बाल अधिकार समूहले अविभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा जातीय भेदभाव र लैंगिक हिंसाले समाजमा भएको कुरीति अन्त्य गर्न सचेतना जगाउन उक्त कार्यक्रम गरिएको मानव अधिकार शिक्षा कार्यक्रमका जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।  

चेतना अभावमा कायम रहेको जातीय भेदभाव तथा लैंगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रमले विद्यालय र समुदायमा सचेतना बढाउन सघाउ पुग्ने  जनता मावि बस्तेकोटका निमित्त प्रधनाध्यापक दिनेश भण्डारले बताउनुभयो ।

मानव अधिकार शिक्षा कार्यक्रमको सहजीकरणमा चामुण्डाबिन्द्रासैनी नगरपालिका जयदेव मावि जम्बकाँध, जनता मावि बस्तेकोट, दुल्लू नगरपालिकाका प्रेमदेबी मावि पादुका र नेपाल राष्ट्रिय मावि किर्तिखम्बमा गठित बाल अधिकार समूह मार्फत यस्ता सचेतनामूलक कार्यक्रम गर्ने गरिएको छ ।  
 

प्रतिक्रिया