कर्णाली गरिब मात्र होइन, अथाह सम्भावना भएको प्रदेश हो : मन्त्री अर्याल

कर्णाली गरिब मात्र होइन, अथाह सम्भावना भएको प्रदेश हो : मन्त्री अर्याल

सुर्खेत -  नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णाली गरिब मात्र होइन अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताउनुभएको छ । कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको उहाँको भनाई छ।

शनिबार वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, यो सम्भावना नै सम्भावनाको प्रदेश हो। कर्णालीलाई बनाउन सकिन्छ। त्यसका लागि सबैले सकारात्मक कुराहरूमा धेरै ध्यान दिनुपर्ने अर्यालले बताउनुभयो  । तर,कर्णालीबारे सधैँ नकारात्मक कुराहरू मात्र प्रचारमा आउने गरेको भन्दै सञ्चारकर्मीहरूले पनि सकारात्मक र सम्भावनाका कुराहरूलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अर्यालले आफू ०७५ साल देखिनै कर्णाली बुझ्ने अवसर पाएको र कालिकोटको रास्कोटमा २५ बेटको अस्पताल बनाएको उल्लेख गर्नुभयो  । त्यहाँ अहिले सबै दिन सोलारबाट सेवा प्रदान गर्ने गरी व्यवस्थापन भएको उल्लेख गर्नुभयो  ।

अर्यालले कार्यभार सम्हालेपछि हरेक दिनलाई केहि न केहि काम गर्नुपर्छ भनेर लागिरहेको बताउनुभयो  ‌।ुहरेक दिन एक दिनु भनेर काम गरिरहेका छुु उहाँले भन्नुभयो,श्रम रोजगारको विषयमा निकै गम्भीरता पूर्वक कामहरू भइरहेका छन् ।

प्रतिक्रिया