कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा मेयर बालेन शाह
काठमाडौँ - काठमाडौँ महानगरका मेयर बालेन शाह फ्रान्समा जारी ७७औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुनुभएको छ ।
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटबाट तस्बिर सार्वजनिक गर्दै मेयर बालेनले कान्सका मेयर डेभिड लिस्नार्डलाई धन्यवाद दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘कान्स फिल्म फेस्टिभलमा फ्रान्सिस फोर्ड कोपोलाद्वारा मेगालोपोलिसको प्रिमियरको निमन्त्रणाको लागि मेयर डेभिड लिस्नार्डलाई धन्यवाद।’
बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी हुनुभएको हो । बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुनुभएको छ भने उहाँले त्यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्नुभएको छ ।
यस्तै उहाँले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्नुहुनेछ। उहाँको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ। फेस्टिभल १२ दिन चल्नेछ।
मेयर शाह तीन दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने उहाँको सचिवालयले जनाएको छ।
प्रतिक्रिया