बँधेल टोकेर एक जना घाइते

बँधेल टोकेर एक जना घाइते

दैलेख – मलामी गएका एक जना पुरुषलाई बधेलले टोकेर घाइते बनाइदिएको छ । भैरबी गाउँपालिका–६ तिजडाँडाका ४६ वर्षीय परी कुँवरलाई बधेलले टोकेको भैरबी गाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर हमालले जानकारी दिनुभयो । 

हिजो मात्र निधन भएकी छिमेकी ज्येष्ठ नागरिक ९१ वर्षीया बालकुमारी लामिछानेको मलामी गएका कुँवरलाई कुरेखोला आर्यघाट नजिक जंगलमा टोकेको हो । मृतकको शव जलाउने दाउरा खोज्न गएका स्थानीयसंग जम्काभेट भएको बेला देब्रे खुट्टामा टोकेको बताइएको छ । 

पाँच वटा भरखरका बच्चा भए नजिक दाउरा खोज्न गएका स्थानीयहरु पुगेपछि माउ जातिको बँधेलले कुँवरलाई टोकेको बताइएको छ । अघिल्लो महिना गहुँ काट्न लागेको ७ जना स्थानीयलाई एउटै बँधेलले टोकेको थियो । 

बँधेलले टोके लगतै घाइते कुँवरलाई स्थानीयले खम्बागाडे बजारको लाइफ केयर मेडिकलमा उपचार गराएका थिए । 

प्रतिक्रिया