कृषि र पर्यटन प्रवद्र्धनका कार्यक्रम जरुरी : मन्त्री केसी

कृषि र पर्यटन प्रवद्र्धनका कार्यक्रम जरुरी : मन्त्री केसी

दैलेख – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री महेन्द्र केसीले नागरिकहरुलाई आफ्नो उत्पादन बेच्न सक्ने नबनाउदासम्म देशको आर्थिक उन्नती हुन नसक्ने बनाउनुभएको छ ।

दैलेख सदरमुकाममा आयोजना भएको नेकपा माओवादी जिल्ला कमिटीको बैठकमा उहाँले भन्नुभयो सडक पु¥याउने वा भौतिक विकासले स्थानीय उत्पादनको बजारको पहुँच बढाउने उद्देश्य सहित आत्मनिर्भर कृषि र पर्यटन प्रवद्र्धनका योजना ल्याउने कर्णाली प्रदेश सरकारको योजना रहेको उल्लेख गर्नुभयो । 

सरकारका कुरा सुन्ने कम भइसकेको अवस्थामा भ्रष्टाचार बिरुद्धका अभियान, लोक कल्याणकारी विकास कार्यक्रम, स्वरोजगारमूलक क्रियाकलाप सिर्जना गर्ने परिणाममुखी अभियानले चलाउन सरकार जुटिरहेको र राम्रा कामको प्रचार गरेर जनविश्वास अभिबृद्धि गर्न मन्त्री केसीले पार्टी संगठनसंग आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रेम कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय टेकबहादुर खाँण, गोपाल नेपाली, अनेमसंघ क्रान्तिकारीका कर्णाली प्रदेश अध्यक्ष संविधानसभा सदस्य ललिता रेग्मी, भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापा लगायतले पार्टी संगठन बिस्तार र जिल्लाको विकास सरोकारमा बोल्नुभएको थियो । 

पार्टीको जिल्ला तथा नारायण नगर कमिटीको सम्पर्क कार्यालय देवकोटाचोकमा आजै स्थापना गरिएको छ । पार्टीको जिल्ला कार्यालय रामपुर डाँडामा पुग्न नपाएका पार्टी कार्यकर्ता र शुभेच्छुकहरुको सहजताको  लागि देवकोटाचोकमा सम्पर्क कार्यालय स्थापना गरिएको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक गोपाल रिजालले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी बैठकले आजैदेखि एक महिना लामो संगठन सुदृढीकरण तथा बिस्तार अभियानको घोषणा गरेको छ । दैलेखका ११ वटै स्थानीय तह र वडास्तरसम्म अभियान सञ्चालन गर्न पार्टीका प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको बताइएको छ । 
 

प्रतिक्रिया