जापानको टोकियोमा 'उड्ने कार' को प्रदर्शन
पार्किङ स्थलमा कार जमिनबाट झन्डै १० मिटर टाढा घुम्दा हेर्न दर्शकको घुइँचो
जापानको राजधानी टोकियो शहरमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर उड्ने कारु को प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक उडान कारु प्रदर्शन गरिएको हो ।
सेन्टरबाहिर पार्किङ स्थलमा कार जमिनबाट झन्डै १० मिटर टाढा घुम्दा हेर्न दर्शकको घुइँचो लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उड्ने साधन मानव यातायातको अर्को पुस्ताको हिस्सा बन्ने अपेक्षासमेत गरिएको छ ।
ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा यस्तो कार प्रभावकारी हुने विश्वास गरिएको छ । यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्साको ४ दशमलव ५ मिटर चौडा, २ दशमलव ६ मिटर अग्लो र झण्डै एक सय ९६ किलोग्राम तौल रहेको छ ।
प्रतिक्रिया