ताला खुल्यो, माग सुनुवाइ भएन

ताला खुल्यो, माग सुनुवाइ भएन

दैलेख  - डुुंगेश्वर गाउँपालिका”४ को कार्यालय सहयोगी परीक्षामा अनियमितता भएको भनी प्रतिस्पर्धीहरुले लगाएको ताला प्रहरीले जबरजस्ती खोलेको आरोप लगाएका छन् । ‘हाम्रो माग सुनुवाइ नभई ताला खोलियो हामीलाई दुख लागेको छ’ प्रतिस्पर्धी मोहन बुढाले बताउनुभयो । 

वडाध्यक्ष नगेन्द्रबहादुर बुढाले पक्षपाती तरिकाले प्रेमबहादुर बुढालाई पास गराएको विषयमा हाम्रो असहमती भएपछि आइतबार ताला लगाएका थियौं, हाम्रो माग बारे छलफल नै नगरी प्रहरी टोलीले छलफल गरौं भनी बोलाएर ताला खोल्यो उहाँले भन्नुभयो । 

पहिलेका कार्यालय सहयोगी गएको फागन २२ गते ६० वर्षे उमेर हदको कारण अनिवार्य अवकाश भएपछि गाउँपालिकाले प्रकाशन गरेको सूचना अनुसार दरखास्त दिएका १४ मध्ये ११ जनाको मौखिक परीक्षा भएकै दिन जेठ ४ गते प्रकाशित गरेको नतिजामा प्रतिस्पर्धीहरुको असहमती छ । 

‘राज्यको समावेशी नीति भए पनि डुंगेश्वर गाउँपालिकामा सधैंजसो यस्ता अवसरहरुमा बिच्काउने गरिएको छ । दलित, महिला, जनजातिलाई सधैं बञ्चित गर्ने गरिएको छ’ परीक्षाका अर्का प्रतिस्पधीए डुुंगेश्वर गाउँपालिका”४ अवलपराजुलका मानबहादुर नेपालीले भन्नुभयो ।  

वडाध्यक्ष नगेन्द्रबहादुर बुढाले नाति प्रेमबहादुर बुढालाई पास नगराए मैंले वडाध्यक्ष पदबाट राजीनामा दिनुपर्ने हुन्छ भनी परीक्षा समितिलाई प्रभावमा पारेको परीक्षाको विहान सुन्नमा आएको नभन्दै नतिजा पनि त्यही आयो, पक्षपात प्रष्ट देखियो स्थानीय नगेन्द्र थापाले टिप्पणी गर्नुभयो । 

जसलाई गराउदै छन् भन्ने हल्ला थियो, त्यही व्यक्ति पास गराएको भनी डुुंगेश्वर गाउँपालिका”४ को कार्यालय सहयोगी परीक्षा नतिजामा असहती जनाएका परीक्षार्थीहरुले आइतबार वडा कार्यालयको मूलगेट र कार्यालयमा ताला लगाएका थिए । 

परीक्षा नतिजा निस्केकै दिन सुर्खेत पुगेका वडाध्यक्ष बुढा सोमबार विहान प्रहरी सहित कार्यालय खुलाउनुभएको थियो । यसबारे सोध्दा वडाध्यक्ष बुढाले प्रतिक्रिया दिनुभयो ‘ताला खुलिसकेको, बाँकी कुरा पछि गरौंला ।’

प्रतिक्रिया