सुर्खेतमा मिनी बस दुर्घटना, दुईको घटनास्थलमै मृत्यू

सुर्खेतमा मिनी बस दुर्घटना, दुईको घटनास्थलमै मृत्यू
सुन्नुहोस्

दैलेखको भुकाँहबाट सुर्खेत जाँदै गरेको मिनी बस सुर्खेत पुग्नै लाग्दा कटुका र कपासेबीचको जंगलमा दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०१-००२ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको र बिरवरण आउन बाँकी रहेको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिनुभयो । 

प्रारम्भिक जानकारी अनुसार दुई जनाको ज्यान गएको र दुर्घटनास्थलमा प्रहरी, सडक मजदूर र स्थानीयले उद्धार गरेका थिए । दुर्घटनामा परी १६ जना घाइते भएका र उनीहरूकाे कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार चलिरहेकाे थालिएकाे छ । 

करिब पौने २ बजेतिर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेका थिए । दुर्घटनास्थल सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-७ गोजेनी भन्ने ठाउँ हो । 


 

प्रतिक्रिया