इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त
काठमाडौँ - नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रैसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ, हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा। सैयद इब्राहिम रैसी र विदेशमन्त्री महामहिम डा। हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ ।
परराष्ट्रले शोकको यस घडीमा शोकसन्तप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रंसी र विदेशमन्त्री अब्दुल्लाहियानसहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया