मिनीबस दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्यो

मिनीबस दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्यो
सुन्नुहोस्

दैलेख – सुर्खेतमा भएको मिनीबस दुर्घटनाका ज्यान गुमाएका दुवै जनाको पहिचान खुलेको छ । दैलेखको डुंगेश्वर गापा–६ का २२ वर्षीय भीमसेन राना र दुल्लू नपा–१० घर भई हाल बर्दियाको ठाकुरबाबा नपा–३ का ६५ वर्षीय शेरबहादुर खड्काले भएको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिनुभयो । 

दैलेखको कालभैरबबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०८५२ नम्बरको मिनीबस कटुका र कपासेबीचको जंगलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते २१ मध्ये दुल्लु नगरपालिका–१३ का २८ वर्षीय जगत थापाको अवस्था चिन्ताजनक रहेको उपचारका संलग्न चिकित्सकले बताएका छन् । 

घाइते थापाको देब्रे खुट्टा भाँचिएको र शरीरका बिभिन्न भागमा चोट अवस्थामा कर्णाली प्रदेश अस्पताल उपचार चलिरहेको छ । कर्णाली प्रदेश अस्पताल र कर्णाली केयर अस्पतालमा घाइतेहरुको उपचार चलिरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको मिनीबस सडक छेउकै रुखमा अडिएकोले क्षति कम भएको घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

मृतकहरू
१. दैलेखको डुङगेश्वर गाउँपालिका–६ का भिमसेन राना (२२) र 
२. बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का शेरबहादुर खड्का (६५)
घाइतेहरु
१) दैलेखको दुल्लू नगरपालिका–१३ का जगत थापा (२८),
२) दैलेखको दुल्लू नगरपालिका–११ की कमला सुनार (४५), 
३) दैलेखको डुङगेश्वर गाउँपालिका–६ का मोहन थापा (२०), 
४) दैलेखको दुल्लू नगरपालिका–११ की माया खत्री (३६), 
५) दैलेखको दुल्लू नगरपालिका–१० का प्रदिप थापा (२०),
६) दैलेखको दुल्लू नगरपालिका–१० की दुर्गा शाही (४०),
७) दैलेखको दुल्लू नगरपालिका–११ की रेजिना कार्की (१७),
८) दैलेखको दुल्लू नगरपालिका–११ का थीरबहादुर थापा (२१),
९) दैलेखको दुल्लू नगरपालिका–१० की निर्मला खड्का (२५),
१०) दैलेखको दुल्लू नगरपालिका–१० का साहिमल खड्का (२),
११) दैलेखको डुङगेश्वर गाउँपालिका–३ का पदम राना (६०),
१२) बर्दियाको ठाकुरबाबा नगरपालिका–३ की खजुरा खड्का (६१),
१३) दैलेखको डुङगेश्वर गाउँपालिका–६ का खगेन्द्र थापा (१८),
१४) दैलेखको डुङगेश्वर गाउँपालिका–६ का खगेन्द्र थापा (२१),
१५) दैलेखको डुङगेश्वर गाउँपालिका–६ का बर्ष लोकेन्द्र रोकाय (२४),
१६) दैलेखको डुङगेश्वर गाउँपालिका–६ का नबिन राना (२४),
१७) दैलेखको दुल्लू नगरपालिका–११ की तुल्सी कार्की (२३),
१८) दैलेखको डुङगेश्वर गाउँपालिका–६ का खगेन्द्र राना (२१),
१९) दैलेखको दुल्लू नगरपालिका–१० का प्रेम खड्का (४९),
२०) दैलेखको दुल्लू नगरपालिका–११ का बलबहादुर खत्री (३९) र  
२१) दैलेखको दुल्लू नगरपालिका–११ की निशान्त खत्री (९) ।
 

प्रतिक्रिया