आजको मौसम : हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ – आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ। मौसमविद् सञ्जिव अधिकारीकाअनुसार आज देशभर नै मौसम सामान्य बदलीको सम्भावना छ ।

अहिले बदली रहेका पहाडी क्षेत्रसहित कोशी, लुम्बिनी र मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा पनि केही शीतल महसुस हुनेछ । अरु बाँकी ठाउँमा मौसम सफा नै छ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया