शिक्षाको महत्व बारे सडक नाटक प्रदर्शन

शिक्षाको महत्व बारे सडक नाटक प्रदर्शन

दैलेख – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ स्थित जयदेव मावि जम्बुकाँधमा गठित बाल अधिकार समूहले शिक्षाको महत्व बारे सडक नाटक प्रदर्शन गरेको छ ।  

बाल अधिकार समूहले अविभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा शिक्षा सबैको लागि शिक्षा र शिक्षाको गुणस्तर सुधारको विषयमा सडक नाटक प्रदर्शन गरिएको जयदेव मावि गठित बाल अधिकार समूहकी अध्यक्ष गायत्री रेग्मीले जानकारी दिनुभयो ।  

शिक्षाले मानवीय चेतना र व्यक्तिको वैत्तिक क्षमता विकासमा पु¥याउने सहयोग बारे बालबालिकाले नै समुदायमा सडक नाटक प्रदर्शन गरेबाट पढ्नुपर्ने उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन सहयोग पुग्न विद्यालयकी निमित्त प्रधनाध्यापक सुर्जकला बुढाले बताउनुभयो । 

इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद बिरुद्ध सचेतना अभियान अन्तरगत सडक नाटम प्रदर्शन गरिएको मानव अधिकार शिक्षा कार्यक्रमका जिल्ला सहजकर्ता कलम नेपालीले बताउनुभयो । मानव अधिकार शिक्षा कार्यक्रम दुल्लू र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित छ । 

प्रतिक्रिया