पक्राउ पुर्जीविरुद्ध सर्वोच्चमा कैलाश सिरोहियाको रिट

काठमाडौँ - जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको छ ।
उनले आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै रिट दिनुभएको हो । पक्राउ पुर्जी खारेज गर्न माग गर्दै उहाँले दर्ता गर्न खोजेको रिट अध्ययनकै क्रममा रहेको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
४ बजेतिर मात्र रिट आएको हो, अध्ययनकै क्रममा छ, दर्ता भइसकेको छैन,’ घिमिरेले भन्नुभयो। यता कान्तिपुरको थापाथलीस्थित कार्यालयमा प्रहरी टोली पुगिसकेको छ।
बिहान मात्र सिरोहियाविरूद्ध धनुषा जिल्ला अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको थियो। धनुषा प्रहरीले उहाँको नागरिकतासम्बन्धी विवादमा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया