दैलेखमा चौध हजार भन्दा बढीलाई पोलियो खोप दिइने

दैलेखमा चौध हजार भन्दा बढीलाई पोलियो खोप दिइने

दैलेख – स्वास्थ्य सेवा कार्यालय दैलेखले जेठ १३ गतेदेखि तीन चरणमा जिल्लाभर १४ हजार तीन सय बढी बालबालिकाहरुलाई पोलियो विरुद्धको अभियान चलाउने भएको छ । दैलेखका ११ वटै स्थानीय तहमा तीन चरणमा सञ्चालन गरिन अभियान चलाइने खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

१५ महिना अवधिमा लगाइसक्नुपर्ने पोलियो खोप अझैं लगाउन बाकी रहेको अहिले ८ वर्ष उमेर पुगेकाहरुलाई विद्यालयहरुमा खोप केन्द्र तोकिएको बताइएको छ । पहिलो पटक विद्यालय र समुदायमा समेत उनीहरुलाई खोप लगाउन ‘खोज र खोप अभियान’ नाम दिइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका इञ्चार्ज डा. धर्मराज रेग्मीले जानकारी दिनुभयो । 

यो अभियानमा २०७३ वैशाखदेखि २०७५ असोजमा जन्मेका तर पोलियो खोप नलगाएकाहरुको खोजी गरिने छ । सिजनल रोजगारीका भारत जानेहरुले बालबालिका समेत लिएर जाने भएको कारण केही बालबालिका नियमित खाेपबाट बञ्चित भएका खोप नपाएको खोप अधिकृत रेग्मीले सुनाउनुभयो ।
 

प्रतिक्रिया