पशुपालनलाई व्यावसायिक वनाउन भकारो सुधार

पशुपालनलाई व्यावसायिक वनाउन भकारो सुधार

दैलेख । गुराँस गाउँपालिका –१ खड्कवाडामा पशुपालनलाई व्यावसायिक वनाउन भकारो सुधार कार्यक्रम गरिएको छ । परम्परागत शैलीमा पशुपालन गर्दै आएका किसानको व्यावसायिकलाई प्रभावकारी वनाउन भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको हो । 


  कार्यक्रमले पशुपालनलाई व्यवसाय वनाउनुका साथै घर आँगन सडक समेत सफासुग्घर हुदै गईरहेका छन् । परम्परागत पशुपालन व्यवसाय गर्दै आएका किसानले सफा,चिटिक्क परेको भकारो देख्दा दंग छन् । “गाई भैसी दुहुने बेला गोबरै गोबरले जिउपुरै ढाकेको हुन्थ्यो ।  तर आजभोली त्यस्तो हुदैन” सोही ठाउँकी हरिकला सारुमगरले बताउनुभयो । भकारो नहुँदा हामी पहिला परम्परागत शैलीमा नै पशुपालन गरेका हुन्थ्यौं । त्यसले सडक घर वरपर फोहोरै फोहर हुन्थ्यो । फोहोर हुँदा गाउँ त्यति सफासुग्घर देखिदैन थियो । व्यवस्थित भकारो सुधार बनाएपछि घरआँगन र सडक समेत पनि सफा हुन थालेको छ भने खेर गईरहेको मुत्र संकलनको प्रयोग भएको छ,उहाँले भन्दुभयो । 

भकारो सुधार निर्माणले पशुचौपायाको मात्र नभएर कृषक समेतको पनि स्वास्थ्यमा फाईदा पु¥याएको पिपलचौतारी कृषक समुहका सदस्यको भनाई छ । भकारो सुधार कार्यक्रमले रासायनिक मलको कमी हुनुका साथै झोल विधी प्रयोग गरेर कृषि उत्पादनमा राम्रो उत्पादन भएको अर्की रशना रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, भकारो अव्यवस्थित हँुदा पहिले रोग फैलिने,पशुपन्छी विभिन्न रोगका कारण मर्ने,मौरी मरेर घार खाले हुने गरेको थियो ।  यो विधि कृषकलाई राहत पुगेको छ ।


भकारो सुधार कार्यक्रमले खेर गईरहेको मुन्त्र संकलन गरि झोल मलको रुपमा किसानले प्रयोग गर्दै आएको सोसेक नेपाल ग्रीन कर्णाली परियोजना कृषि प्राविधक विष्णुकुमारी थापामगरले बताउनुभयो । एकातिर खेर गईरहेको मलमुत्र प्रयोग भईरहेको छ भने अर्कोतिर विषादी र रासायनिक मल प्रयोग कम हुदै गएको छ । फोहोरै कारण लाग्ने सरुवा रोगमा समेत कमी आएको छ,गाउँघर घर आँगन चिटिक्क सफा देखिएका छन् । कार्यक्रम प्रभावकारी र वातावरणमैत्री बन्दै गएको छ,उहाँले थप्नुभयो । 
डीसिए नेपालको आर्थिक सहयोगमा ग्रीन कर्णाली परियोजना अन्तरगत गुराँस गाउँपालिका –१ का पिपलचौतारीका २० जना सदस्यले यो कार्यक्रमबाट लाभान्वित भएको सोसेक नेपालले जनाएको छ । पाँच लाख २० हजार लगानीमा भकारो सुधार व्यवस्थित गरिएको गुराँस गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया