दैलेखमा बाल विवाह न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

दैलेखमा बाल विवाह न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँ -   दैलेखको नारायण नगरपालिकामा बाल विवाह न्यूनिकरण सम्बन्धी दुइ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नारायण  नगरपालिका वडा नम्बर -३ स्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कालीमाटीमा बाल विवाह विरुद्ध साझा अभिया संजाल दैलेख, बाल हेल्प लाइन १०९८ को समन्वय, र नारायण नगरपालिका अन्र्तगतको पोषण विशेष कार्यक्रमको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

पोषण मैत्री नमुना टोल कार्यक्रम अन्र्तगत बालविवाह न्यूनिकरण सम्बन्धी विद्यालयका छात्राहरुलाई दुइ दिने सचेतना कार्यक्रम गरिएको बताइएको छ । अल्पकालीन आश्रय सेवाले दिने सेवा र बाल दुर्व्यवहार  विषयमा  नारायण नगरपालिकाको आयोजना, बाल हेल्पलाईन १०९८ र बाल विवाह विरूद्व साझा अभियान संजालको समन्वयमा  अन्तरक्रिया कार्यक्रम  गरिएको हो  ।

दुइदिने अभिमुखीकरण कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका कक्षा ८, ९, १० कक्षा गरेर ४२ जना बालबालिकाको सहभागिता रहेको बाल हेल्प लाइन १०९८ महिला बालबालिका सेवा केन्द्र संयोजक रमा श्रेष्ठले जानकारी दिनुभयो  ।

बालवालिकाले सानै उमेरमा विवाह गरेपछि उनीहरुको परिपक्वता हुँदैन । सानैमा बच्चा जन्माउदा स्यहार राम्रो नहुने, स्याहार राम्रो नहुँदा बुहारी बनेर गएपछि पढाइ छुट्ने र अगाडि बढ्ने बाटोहरु रोकिदै जाने लगायतका कुराहरु जानकारी भएको र बाल विवाह गर्न नहुने रहेछ भन्ने कुरामा प्रष्ट भएको सहभागिहरुले बताउनुभएको छ । बालविहवाह गर्न नहुने रहेछ यो कानुनी अपराध रहेछ भन्ने कुरा जानकारी पाएको बताउनुभएको थियो । 

दुइदिने कार्यक्रम गर्दै गर्दा बालबालिकाहरुमा जानकारी मुलक कार्यक्रम भएको सोसेक नेपाल बाल हेल्प लाइन १०९८ महिला बालबालिका सेवा केन्द्र संयोजक रमा श्रेष्ठले बताउनुभयो ।

बाल विवाह गरेर गएपछि शारिरिक एवम मानसिक अवस्थाबाट गुज्रिनुपर्ने बाध्यता र मानसिक सन्तुलन कम हुँदै जाने सोच्ने, बोल्ने व्यवहारमा परिर्वतन आउने भएकाले बालविवाह गर्न नहुने बताउनुहुन्छ । बाल विवाह भइसकेपछि बच्चाहरु जन्माउदा पनि उमेर पुगेपछि बच्चा जन्माउनुपर्छ भन्ने निर्णय लिन नसक्दा उहाँहरु कुपोषित हुने हुन्छ',उहाँले भन्नुभयो, 'खानमा पनि पर्याप्त रुपमा पोषिलो खानेकुरा नपाउने जस्ता समस्या हुन्छ यस्ता समस्याबाट बालबालिकालाई समयमै सचेत गराउनुपर्दछ ।' 

हाम्रा बालबालिका २० वर्ष नपुगेर बिवाह गर्दा यस्तो समस्या आउँछ २० वर्ष पुगेपछि मात्र विवाह गर्दा उहाँहरुले निर्णय लिन सक्ने र भोलीका दिनहरुमा पनि बिहे गरेर गएको घरमा फिट हुन सक्ने भएकाले बाल विवाह अन्त्यका लागि यो कार्यक्रम हुनेमा विश्वास व्यक्त गर्नुभयो ।  

दुइदिने अभिमुखीकरण कार्यक्रमको सहजिकरणमा नारायण नगरपालिका सामाजिक शाखा प्रमुख खम्बहादुर थापा,  बाल हेल्प लाइन १०९८ महिला बालबालिका सेवा केन्द्र संयोजक रमा श्रेष्ठ,  नारायण नगरपालिका पोषण संयोजक बसन्तराज थापा, सहजकर्ता द्वय भरत रावत र पुर्ण प्रसाद उपाध्याय रहनुभएको थियो । 

प्रतिक्रिया