कर्णालीका नवनियुक्त मन्त्री विनोदकुमार शाहले लिए शपथ

कर्णालीका नवनियुक्त मन्त्री विनोदकुमार शाहले लिए शपथ

काठमाडौँ  -   कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिनुभएको छ  । बुधबार उहाँलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो  । 

शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गर्नुभएको थियो । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राख्नुभएको थियो  । अहिले कँडेलले पुनः शाहीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिनुभएको छ  ।

प्रतिक्रिया