यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मागहरु सहित संयुक्त रुपमा ज्ञापन पत्र पेश

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मागहरु सहित संयुक्त रुपमा ज्ञापन पत्र पेश

काठमाडौँ  -   यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई ऐन, कानुन, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा सामाजिक विकास मन्त्रालयसँग समन्वय बैठक सम्पन्न भएको छ ।  सोसेक नेपालको आयोजनामा  सामाजिक विकास मन्त्रालयसँग समन्वय बैठक सम्पन्न भएको हो ।

बैठकसँगै  सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय सँग समन्वय बैठक सम्पन्न र यौनिक तथा लैङ्गिक अल्पसंख्यकका विभिन्न मागहरु सहित सेभ द चिल्ड्रेन, सोसेक नेपाल र नील हिरा समाजद्धारा संयुक्त रुपमा ज्ञापन पत्र पेश  गरिएको छ । 

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलको अध्यक्षतामा संचालन भएको बैठकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई ऐन, कानुन, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा जोड दिइएको थियो । 

यस्तै यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती र यौन विशेषता सँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विषयमा अभिमुखीकरण पनि गरिएको बताइएको छ  । कार्यक्रमको सहजीकरण नील हिरा समाजका प्रोग्राम म्यानेजर भुमिका श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धन परियोजनाका परियोजना संयोजक प्रभा डाँगीले गर्नुभएको थियो ।

 कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विभिन्न सवाल तथा मागहरु सहित २९ बुँदे ज्ञापन पत्र पेश गरिएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धन परियोजनाका परियोजना संयोजक प्रभा डाँगीलले जानकारी दिनुभयो  । 

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलले मन्त्रालय तहका ऐन, कानुन, कार्यक्रम र बजेट तथा पाठ्यक्रम, शिक्षक तालिम, पाठ्यक्रममा समावेश गर्नको लागि पहल गर्ने प्रतिवद्धता गर्नुभभयोे ।

 उक्त कार्यक्रममा सेभ द चिल्ड्रेन सुर्खेत फिल्ड कार्यालयका कार्यक्रम प्रवन्ध विष्णु कुमार बमले सेभ द चिल्ड्रेनले बालबालिकाको क्षेत्रमा काम गरिरहेको र यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकारको लागि काम गर्नुपर्ने अवस्था रहेको र संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्रमका समावेश गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

त्यस्तै सेभ द चिल्ड्रेन काठमाडौमा बरिष्ठ परियोजना संयोजक पुष्करराज काफ्लेले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका क्षेत्रमा परियोजनाले गरेका कार्यक्रम, उपलब्धि र समावेश गर्नुपर्ने क्षेत्रको बारेमा आफ्ना धारण व्यक्त गर्नुभएको थियो ।
सेभ द चिल्ड्रेन सुर्खेत फिल्ड कार्यालयका वरिष्ठ परियोजना संयोजक जुठीराम चौधरीले शिक्षा सम्वन्धि पाठ्यक्रम, शिक्षक गाइड, बृहत्तर यौनिकता शिक्षा लगायत सरकारका विभिन्न कार्यक्रमहरुमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको सहभागीता हुनुपर्ने बताउनुभयोे । 

नील हिरा समाजका परियोजना संयोजक एलिन भण्डारीले आफु स्वयं यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट रहेको र आफुले भोग्नुपरेका समस्या, चुनौती र यस क्षेत्रमा लामो समयको संघर्ष र पैरवी बाट भएका उपलव्धीको बारेमा बताउनुभयोे । साथै सामाजिक विकास मन्त्री विर बहादुर शाहिको कार्यकक्षमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मागको बारेमा समेत जानकारी गराइएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धन परियोजनाका परियोजना संयोजक प्रभा डाँगीलले बताउनुभयोे  । 

सामाजिक विकास मन्त्री शाहिले मन्त्रालय द्वारा समावेश गर्न सकिने क्षेत्रमा छलफल गरेर अगाडि बढ्न सकिने कुरा बताउनुभभयो ।
त्यस्तै शिक्षा विकास निर्देशनालयमा २०८१ जेष्ठ ८ गते पाठ्यपुस्तक, शिक्षक गाइड, बृहत्तर यौनिकता शिक्षामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक र व्यक्तिको लैङ्गिक पहिचान, प्रस्तुती तथा यौन अभिमुखीकरण र यौन विशेषताको सम्वन्धि विषयहरु समावेश गर्ने सम्वन्धमा समन्वय बैठक भएको बताइएको छ ।

त्यस्तै शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दिपा हमाललाई ज्ञापन पत्र समेत बुझाइएको थियो । कार्यक्रममा बोल्दै निमित्त निर्देशक दिपा हमालले यस्ता विषयहरु शिक्षक तालिमको प्याकेजमा समेट्नुपर्ने, शिक्षा ऐन , शिक्षक गाइड, पाठ्यपुस्तक, पाठ्यक्रम, बृहत्तर यौनिकता शिक्षामा समेट्नुपर्ने, अभिभावक तथा समुदायमा जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । ज्ञापन पत्रमा भएका मागहरुमा निर्देशनालय मातहतका कार्यक्रमहरुमा समावेश गर्नको लागि पहल गर्ने प्रतिवद्धता गर्नुभएको थियो । 

२०८१ जेष्ठ ८ गते विरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको र यस कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, शाखा अधिकृतहरुको उपस्थिति रहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका र युवाहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धन परियोजनाका परियोजना संयोजक प्रभा डाँगीलले जानकारी दिनुभयो  । 

संयोजक डाँगीका अनुसार यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सम्वन्धमा छोटो अमिमुखीकरण पनि गरिएको थियो । यस कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले आफु लैङ्गिक समानता र समावेशीकरणका सवाल संवेदनशिल रहेको र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु संगठित भएर आएको अवस्थामा कार्यक्रम तथा बजेट विनियोजन गर्न र सहयोग गर्न सहज हुने कुरा राख्नु भएको साथै नगरपालिका बाट निर्माण हुने ऐन, कानुन, कार्यक्रम र बजेटमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समावेश गर्ने कुरामा सकारात्मक रहेको कुरा व्यक्त गर्नु भएको थियो ।

२०८१ जेष्ठ ७ गते गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर वि.सीलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवाल समेटेर माग सहित ज्ञापन पत्र बुझाइएको थियो । उक्त कार्यक्रममा लैङ्गिक पहिचान, प्रस्तुती यौन झुकाव, यौन विशेषता र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको बारेमा छोटो अभिमुखिकरण गरिएको थियो यस कार्यक्रममा वडा अध्यक्ष र शाखा प्रमुखको पनि उपस्थिति रहेको थियो ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सवाल आफु संवेदनशिल रहेको र गुराँस गाउँपालिकाले निर्माण गर्न लागिएका विभिन्न नीतिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई सम्वोधन गरिएको, कार्यविधि निर्माण गर्नुको साथै अघिल्लो आर्थिक वर्षमा आयमूलक कार्यक्रम मार्फत सहयोग गरेको र आगामी नीति, कार्यक्रम र बजेटमा क्षमता विकास, सीपमूलक, आयआर्जन बृद्धि, शैक्षिक छात्रबृत्ति लगायतका क्षेत्रमा समावेश गरेर अगाडि बढ्ने कुरा व्यक्त गर्नुभएको थियो ।


 

प्रतिक्रिया