कार्यदलमा अझै जुटेन सहमति
काठमाडौँ - संसदीय छानविन समितिको कार्यादेश ९टिओआर० टुङ्ग्याउन बसेको कार्यदल बैठकमा नेपाली कांग्रेस केही लचक बनेको छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
उहाँले छलफल जारी रहेकाले केही समयपछि पुन नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताउनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ ।
‘कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आयो तर छलफल जारी नै छ टुंगिएको छैन । पुनः छलफलका लागि केही समयपछि बस्छौ । त्यस्तै पर्दा संसद् भवनमा पनि बस्छौ’, बर्तौलाको भनाइ छ ।
प्रतिक्रिया