प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ -   प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय र विशेष समय हटाइएको जानकारी गराउनुभएको थियो  । 

प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने जानकारी सभालाई गराउनुभयो  । 

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दफावार छलफल कार्यक्रम रहेको थियो । यसका लागि दलगत प्रतिनिधित्व गर्दै बोल्नका लागि नाम टिपाउन सभामुख घिमिरेले यसअघि नै अनुरोध गर्नुभएको थियो  ।

प्रतिक्रिया