सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
![सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति](https://snowberry.prixacdn.net/media/gallery_folder/kailash-sirohia_kantipur_9xO93lujVy_M0W1eqXufl_pjfggxjnu8zsaoy4k2oex67m7txjivkfc1ncdgmmcbq3dxvebyvkqjssk0ix_77C9KdEbKS_kilj7sy00aehym196fx8s25oc5kt6rooxxnh1pngqbp9kc7zvsj4qeagoxn8_kO4GmGU0ME_7fyoi5gbj89ebngnc9vehzrpcygtrorowcz5yltd5aainmzuwst8sbnqouax.jpg)
वीरगन्ज - जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई ५ दिनको म्याद थप गर्न सिफारिस गरेकोमा न्यायाधीश ज्ञवालीको इजलासले दोस्रो पटक ३ दिनको म्याद थप गरेको अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि दोस्रो पटक म्याद थप भएको हो । किर्ते नागरिकता प्रकरणमा सिरोहियामाथि अनुसन्धान चलिरहेको छ । दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको हो ।
प्रतिक्रिया