कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइदै

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइदै

सशस्त्र युद्धको समयमा जनपक्षीय पत्रकारिता गर्नेहरुको शिर्ष नाम आउछ कृष्ण सेन ‘इच्छुक’ । युद्धको समयमा २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लव प्रहरी हिरासत मै हत्या भएको थियो । प्रेस सेण्टर नेपालले यस अवसरमा हरेक वर्ष जेठ १३ गते कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाउने गरेको छ । 

क्रममा प्रेस सेण्टर नेपाल दैलेख शाखाले सदरमुकामको गणेशचोकबाट प्रभातफेरी ¥याली सहित औपचारिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अनुसार ¥यालीले डेकेन्द्र चोकमा स्वर्गीय डेकेन्द्रको शालिकमा माल्यार्पण गरी देवकोटा चोकमा पुगी स्मृति दिवस औपचारिक कार्यक्रम गरिनेछ । 


कृष्ण सेन ‘इच्छुक’ र पत्रकारिता विषयक निवन्धका उत्कृष्ठ प्रतियोगीको निवन्ध स्वयम् बिजेतालाई बाचन गर्न लगाउनसंगै पुरस्कार वितरण कार्यक्रम पनि तय गरिएको छ । जिल्लास्थित राजनीतिक दल, सरकारी अधिकारी र पत्रकारहरुको सहभागिता रहने प्रेस सेण्टर नेपाल दैलेख शाखाले जनाएकोछ । 

प्रतिक्रिया