दैलेखमा 'नेपाल प्रधानाध्यापक संघ' स्थापना

दैलेखमा 'नेपाल प्रधानाध्यापक संघ' स्थापना
सुन्नुहोस्

दैलेख - विद्यालयका प्रधानाध्यापकहरुको अग्रसरतामा नेपाल प्रधानाध्यापक संघ नामको छाता संगठन स्थापना भएको छ । नेपालभर एकै साथ ७७ वटै जिल्ला शाखा गठन गर्ने आजको कार्यसूची अनुसार कर्णाली प्रदेश समितिका उपाध्यक्ष भक्तबहादुर शाहीको उपस्थितिमा दैलेखमा आज संघको स्थापना भएको छ । 

महेन्द्र मावि सोतका प्रधाध्यापक धनबहादुर रोकायको अध्यक्षतामा १९ सदस्यीय समिति निर्विरोध चयन गरिएको बताइएको छ । उपाध्यक्षमा दानबहादुर कठायत, सचिव घनश्याम रेग्मी, सहसचिव बलराम जैसी, कोषाध्यक्ष नारायणप्रसाद जैसी चयन हुनुभएको छ । 

नेपाल प्रधानाध्यापक संघका जिल्ला सदस्यहरु तेजबहादुर बिक, टिकाकुमारी थापा, रामप्रसाद खनाल, जनक कार्की, पदम कठायत, तारा रिजाल, धनबहादुर बुढा, तीर्थराज थापा, रेशम भट्टराई, माण्डबी सिंह चयन हुनुभएको छ । संघको जिल्ला सल्लाहकार समितिमा निरक तारामी, देबीराम आचार्य र सन्तबहादुर खड्का हुनुभएको छ । 

नेपाल प्रधानाध्यापक संघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष भक्तबहादुर शाहीले प्रधानाध्यापकहरुले सम्पादन गर्दै आएको कामल स्वविवेक र स्वच्छ वातावरणमा गर्न पाए सिर्जनशीलता देखाउन सकिने बताउनुभयो । 

संघको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाहीले सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुले लगनशीलता बढाउन पर्ने सुझाव दिनुभयो । 

प्रतिक्रिया