कार्यादेश टुङ्गोमा पुर्‍याउन देउवासहित शीर्ष नेताको बैठक आज बस्ने

कार्यादेश टुङ्गोमा पुर्‍याउन देउवासहित शीर्ष नेताको बैठक आज बस्ने

काठमाडौँ -  सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषय टुङ्गो लाग्न नसकेपछि आज बैठक बस्ने भएको हो । 

कार्यादेशमा टुङ्गो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आज बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । 

सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्‍याउने बाँकी काम आइतबार शीर्ष नेताबिचको बैठकले गर्ने बताउनुभयो  । हिजोको बैठकमा सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठे पनि सहमति हुन नसकेको उहाँले बताउनुभयो  । 

प्रतिक्रिया